Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काेराेना कहर: ३ हजार ३४९ जना होम आइसोलेसनमा

    काेराेना कहर: ३ हजार ३४९ जना होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । देशभर हाल ३ हजार ३ सय ४९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    ६ हजार ७ सय ४९ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ४९ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।



    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र १ हजार ५ सय ९ जना संक्रमित होम आइसोलेसनमा छन्।



    प्रदेश १ मा ८६, प्रदेश २ मा ३१, गण्डकी प्रदेशमा ५ सय ३, लुम्बिनी प्रदेशमा ७ सय ३७, कर्णालीमा ९० र सुदूरपश्चिममा ३ सय ९३ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार