Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोटरसाइकल चाेरी गर्ने ४ जना पक्राउ

    मोटरसाइकल चाेरी गर्ने ४ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 5K
    SHARES

    भक्तपुर । चोरीको मोटरसाइकलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका–२ घरभई सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय सोनाम वाइबा, १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय सञ्जिव तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ घर भई मध्यपुर थिमि बस्ने २१ वर्षीय जीवन तामाङ छन् ।



    महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बिहीबार राति भक्तपुर नगरपालिका–४ राममन्दिर र चाँगुनारायण–९ ताथलीबाट मोटरसाइकल चोरीको सूचनाको आधारमा चोरीमा संलग्न ४ जना पक्राउ परेका हुन् ।



    उनीहरुको साथबाट बा ८३ प ७७७३ नम्बर, प्रदेश ३–०२–००८ प ७५८५, र प्रदेश ३–०२–०१४ प ०५९४ नम्बर मोटरसाइकल बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सुबास बुढाथोकीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार