Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेकपा स्थायी कमिटीको निर्णय

    संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्ने, केन्द्रीय समिति बैठक १० पुसमा बस्ने

    संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्ने, केन्द्रीय समिति बैठक १० पुसमा बस्ने

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।

    बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    नेकपा प्रवक्ता श्रेष्ठका अनुसार बैठकले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति समक्ष नेकपा सांसदले पेश गर्न लागेको आवेदनको प्रक्रिया फिर्ता लिने निर्णयसमेत गरेकाे छ ।



    बैठकमा बोल्दै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अध्यादेश आएपछि मंगलबार बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक नियुक्तिका लागि कुनै निर्णय नगरेकाे जानकारीसमेत गराएको श्रेष्ठले बताए ।

    स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए । पूर्व निर्धारित पुस ५ गतेको केन्द्रीय समिति बैठक भने पुस १० गतेसम्मका लागि सारिएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार