Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेकपा स्थायी कमिटी बैठक : आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल

    नेकपा स्थायी कमिटी बैठक : आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको संघर्षका कार्यक्रमलाई अझै प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।

    प्रचण्ड–नेपाल समूहका एक स्थायी कमिटी सदस्यका अनुसार आजको बैठमा आन्दोलनको विषयमा छलफल भएपनि निर्णय भएको छैन ।



    उनले भने बैठकमा आन्दोलनलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भयो तर कुनै निर्णय भएको छैन ।



    बैठक भोलि बिहान ११ बजे पुन बस्नेछ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आइरहेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार