Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद विघटन बारे छलफल गर्न काँग्रेसले बोलायो सर्वदलीय बैठक

    संसद विघटन बारे छलफल गर्न काँग्रेसले बोलायो सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वदलीय बैठक डाकेको छ।

    दिउँसो ४ बजेका लागि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको बैठकमा संसदमा रहेका विपक्षी दलसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट पक्ष, जसपा र राप्रपाको पनि सहभागिता रहने बताइएको छ।



    आइतवार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त बैठक बसी नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरका थिए।



    बैठकमा नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ र जनार्दन शर्मा सहभागी थिए।

    त्यसैगरी कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु बालकृष्ण खाण, डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए भने जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार