Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहकाे निर्णय

    प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहकाे निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।

    बिहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष पदबाट हटाउने निर्णय गरेकाे हाे ।



    स्राेतका अनुसार ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्तासमेत गराइसकेकाे छ । बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ‘चल्ने’ बनाइएको  स्राेतले बतायाे ।यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।



    यस्तै बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजक समेत तोकेको छ । त्यहाँ प्रचण्ड -नेपाल निकटका नेताहरुलाई हटाएर ओलीले आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार