Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चाल पाएका मुख्यमन्त्री राईले हटाए अर्थमन्त्री आङ्बोलाई

    आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चाल पाएका मुख्यमन्त्री राईले हटाए अर्थमन्त्री आङ्बोलाई

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको जानकारी पाएपछि आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

    प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेकाका बेला मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेको स्रोतको दावी छ ।



    संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए ।



    प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ ।

    पार्टी टुक्रिएसँगै प्रचण्ड–माधव समूहले सरकार ढाल्ने कसरत गरिरहेको छ भने  प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल विस्तार गरिरहेका छन् ।

    प्रचण्ड–माधव समूहको नेकपा सडक आन्दोलनमा छ भने प्रधानमन्त्री ओली प्रदेशसभा नै विघटन गर्ने तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार