Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रदेश नं. १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    प्रदेश नं. १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    प्रदेशसभा सचिवालयमा आइतबार प्रदेशसभाका सांसदहरूले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।



    अविश्वासको प्रस्तावमा नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।



    राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

    अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङ नेतृत्वको टोली संसद् सचिवालय पुगेको थियो ।

    आफू समर्थक सांसदहरू आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको अविश्वास प्रस्ताव दर्ता गरेको नेताले जानकारी दिएका छन् ।

    प्रस्तावमा प्रस्तावक निवर्तमान आर्थिक मामिला तथा योजना अर्थमन्त्री ईन्द्र आङ्बो छन् भने तेह्रथुमका सांसद लक्ष्मण तिवारी समर्थक छन् ।

    यसअघि हिजो मात्रै आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको जानकारी पाएका मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।

    तर, आजै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

    प्रदेश १ मा ९३ सांसदमध्ये नेकपाका ६७ सांसद छन् । जसमा शेरधन राईको पक्षमा २० जना मात्रै सांसद छन् भने प्रचण्ड–माधव समूहमा ४७ जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार