Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महेश बस्नेतले भने- प्रचण्ड–माधवको मुटु र फोक्सो कमजोर भएकाले खोक्दै हुनुहुन्छ

    महेश बस्नेतले भने- प्रचण्ड–माधवको मुटु र फोक्सो कमजोर भएकाले खोक्दै हुनुहुन्छ

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले संसद विघटन पछि आगामी निर्वाचनमा हार्छु भन्नेहरु निर्वाचन हुँदैन भन्दै गीत गाइरहेको आक्रोस व्यक्त गरेका छन्।

    राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशले आज सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले निर्वाचन हुँदैन भन्ने बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र पौडेललगायतका नेतालाई अबका दिनमा राजनीति गरी जनताको सेवा गर्नेभन्दा पनि सडक नाटकमा लगाई दिँदा उत्तम हुने तर्क प्रस्तुत उल्लेख गरे ।



    प्रचण्ड–माधव नेतृत्वको गुटले सरकारलाई यो गर्छौं, त्यो गर्छौं भन्दै खोक्दै जनतालाई भ्रममा पर्ने प्रयास गरिरहेकोमा आक्रोस व्यक्त गर्दै नेता वस्नेतले भने , ‘प्रचण्ड–माधवको मुटु र फोक्सो कमजोर भएकाले खोक्दैछन्, दह्रो हुनेले खोक्दैन, काम गरेर देखाउँछ । बाग्मती र प्रदेश नं. १ मा अविश्वासको प्रस्ताव लानुभएको छ । हिम्मत हुनेले पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव लाने हो । संसदको सचिवालयमा हैन । आफ्नो नेतृत्वको गुटको पार्टीमा बहुमत नपुग्ने भएपछि संसदीय पद्धतिलाई लत्याएर संसद सचिवालयमा अविश्वासको प्रस्ताव लानुभएको छ । त्यसबाट के प्रष्ट हुन्छ भने, माधव प्रचण्डको मुटु र फोक्सो नै कमजोर भएकाले बढी खोक्दै हुनुहुन्छ । त्यसको नतिजा राम्रो आउँदैन । आगामी निर्वाचनले देखाइदिनेछ ।’



    प्रचण्ड–माधव पार्टीबाट अलग भएर जाँदैमा ठूलो समस्या नहुने तर्क गर्दै नेता बस्नेतले प्रचण्ड, माधव, झलनाथ, नारायणकाजीलगायतका केही नेता पार्टीको लागि गलगाँड र ट्युमर भएको बताए । ‘गलगाँड, ट्युमर, पीलो फलेर शरिको वजन घट्दैन, तन्दरुस्त हुन्छ’ उनले भने , ‘सूर्य चिन्ह र नाम प्रचण्ड–माधवले पाउने सपना नदेखे हुन्छ । छोरी लान पाउनुहुन्छ तर थर र गोत्र लान पाउनेछैन । हाम्रा कार्यालयमाथि आँखा नलगाउनुस्, तपाईका कार्यालयमा पनि आँखा लगाउँदैनौं । बनाउने क्षमता नभएकाले भत्काउने पनि अधिकार छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार