Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 4.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवा सिफारिश भएका छन् ।

    गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङलाई बढुवाका लागि सिफारिश गरेको हो ।



    सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन ।



    सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।

    जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सदस्य सचिव रहन्छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार