Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्डलाई भेट्न खुमलटार पुगे बामदेव

    प्रचण्डलाई भेट्न खुमलटार पुगे बामदेव

    अनलाइन नेपाल
  • शुक्रबार, १७ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेब गाैतमबीच भेटवार्ता भएकाे छ। 

    प्रतिनिधिसभा विघटनपछि अघोषित रूपमा विभाजित बनेको सत्तारूढ नेकपाका उपाध्यक्ष गौतम प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका हुन् ।



    समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड-माधव समूह कतै पनि नरहेको बताएका गौतम बिहान साढे ९ बजेति दाहाललाई भेट्न खुमलटार पुगेका थिए । गौतम र दाहालबीच करिव ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।



    भेटवार्ता पुस ५ मा प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ ।

    १५ सय जना सदस्यहरूको तटस्थ समूह बनाएर अझै पनि पार्टी एकताको लागि दबाब दिन लागेको बताउँदै आएका गौतम दाहाल भेट्न खुमलटार पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार