Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्को महामारी आउन सक्छ : डब्ल्यूएचओ

    अर्को महामारी आउन सक्छ : डब्ल्यूएचओ

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए ।

    मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ । यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने ।



    कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् । स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो । युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो । यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ ।



    महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ । र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ । ‘कोरोना भाइरस खतराको घण्टी हो । विज्ञान, खाद्यान्न, प्रशिक्षक र शासन व्यवस्थामा कसरी राम्रो गर्ने, कसरी एकआपसमा राम्रो सञ्चार गर्ने भनेर हामी सिक्दैछौं । तर पृथ्वीको हालत नाजुक छ,’डाक्टर राय भन्छन्,‘ हामी एक बढ्दो जटिल विश्वव्यापी समाजमा बाँचिरहेका छौं । यी खतराहरू जारी रहनेछ । हामीले यस महामारीबाट सिक्नुपर्ने पाठ भनेकै मिलेर काम गर्ने हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार