Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेवारिसे अवस्थामा गैँडाको खाग फेला

    बेवारिसे अवस्थामा गैँडाको खाग फेला

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो ।

    दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए ।



    गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् ।



    निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् । यससँगै निकुञ्ज सुरक्षामा निकैै कडाइ गरिएको छ । पन्ध्र वर्र्षभन्दा बढी समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार