Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओली र प्रचण्ड समूहका नेताहरुलाई गालीगलौज नगर्न बामदेवको अपिल

    ओली र प्रचण्ड समूहका नेताहरुलाई गालीगलौज नगर्न बामदेवको अपिल

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले कुनै पनि समूहका नेताहरुलाई गालीगलौज नगर्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन्। गौतमले नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल समेत गरे । आज एक विज्ञप्ति सार्वजनिक गर्दै गौतमले समाजवादी शैली अपनाउन सबै पक्षलाई अपिल समेत गरेका छन् ।

    संसद विघटनसँगै नेकपा ओली र प्रचण्ड–माधव नेपाल पक्षमा विभाजित भए पनि हालसम्म गौतम तटस्थ छन् । गौतमले नेकपालाई एकताबद्ध गर्न सक्दो प्रयास गर्ने बताउँदै आएका छन् ।



    गौतमले भनेका छन्, ‘पार्टीको एकता जोगाउन वा पुनः एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । पार्टी विभाजनमा सामेल हुने र विभाजनको नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनःएकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’



    गौतमले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र अविश्वासको प्रस्तावको सामना गर्न नसकेर प्रतिनिधिसभा भंग गर्ने दुबै घटनाको विरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार