Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर योजना बनाउन प्रदेश प्रमुखहरुलाई आईजीपीको निर्देशन

    निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर योजना बनाउन प्रदेश प्रमुखहरुलाई आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाउनुपर्ने बताएका छन् ।

    नेपाल प्रहरीको कार्ययोजना तथा प्रदेश प्रहरी प्रमुखहरुसँग गरिएको कार्य सम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा कार्यक्रममा महानिरीक्षक क्षेत्रीले निर्वाचन सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै अगाडि बढ्नुपर्ने बताए ।



    कार्यक्रममा उनले समग्र तथ्याङ्कमा आधारित प्रस्तुतीकरणले स्वस्थ प्रतिस्पर्धा र व्यवसायिकीकरण झल्काएको बताए । साथै उनले कार्ययोजनालाई सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न पनि निर्देशन दिएका छन् ।



    कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रदेशको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात र कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे अर्धवार्षिक रुपमा सम्पन्न भएका कार्यहरुको विवरण भर्चुअल रुपमा प्रस्तुतीकरण गरेका थिए ।

    प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले नेपाल प्रहरीको कार्ययोजना–२०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार