Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी, यसरी हुँदैछ गृहकार्य

    केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी, यसरी हुँदैछ गृहकार्य

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसद बिघटन गरेर सर्वाधिक आलोचना खेप्दै आएका प्रधानमन्त्री  केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव समुहले पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ ।

    यसअघि प्रचण्ड–माधव समुहले ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष बनाएको थियो ।



    ओलीले पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले  स्पस्टीकरणको जवाफ दिन इन्कार गरेका कारण पार्टीबाटै निष्कासन गर्न लागिएको वताइएको छ।



    आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय हुने स्रोतको भनाइ छ ।

    नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्दै छ ।

    ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। त्यसको बिरोधमा प्रचण्ड माधव समुहले सडकमार्फत प्रदर्शन गर्दै आएको छ। ।

    ओलीको गैर-संबैधानिक हर्कतबिरुद्द नेकपाको प्रचण्ड–माधव समुहसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले बिरोध गर्दै आएका छन्।

    सर्बोच्च अदालतमा संसद पुनर्स्थापनाको मुद्दा बिचराधिन अवस्थामा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार