Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वामदेव गौतमले भने – विभाजित नेकपा मिलाउने तागत मसँग छ

    वामदेव गौतमले भने – विभाजित नेकपा मिलाउने तागत मसँग छ

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउने तागत आफूसँग रहेको बताएका छन्।

    उनले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताए। बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् ।



    ‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।



    आफ्नो अभियानमा दाहाल र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार