Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव

    प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतम र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार साँझ गौतम प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।



    उनीहरुबीच पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल भएको सचिवालयले जनाएको छ। यस्तै, दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेको सचिवालयको भनाइ छ।



    गौतमसँगको भेटअघि माओवादी अध्यक्ष प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सभापति र सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार