Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमसीसी परियोजना फिर्ता लिन बामदेवको आग्रह (विज्ञप्तिसहित)

    एमसीसी परियोजना फिर्ता लिन बामदेवको आग्रह (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

    एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् ।



    बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् ।



    ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

    यस्तो छ विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार