Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट गर्ने अभियानमा गौतम

    कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट गर्ने अभियानमा गौतम

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 840
    SHARES

    फाइल फोटो

    काठमाडौं । वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् ।

    शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको भन्दै फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको बताए ।



    राष्ट्रियसभा सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टीकाटिप्पणी नगरेको स्पष्ट पारे ।



    नेपाललाई समृद्ध समाजवादमा पुर्‍याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने–‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टीकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरि क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार