Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमसीसी बहस:

    एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह

    एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी सम्झौता फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

    अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लैजान गौतमले आग्रह गरेका हुन् ।



    नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ ।’



    गौतमले अघि लेखेका छन्, ‘नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

    एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको गौतमको भनाइ छ ।

    यस्तो छ गौतमले जारी गरेको बिज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार