Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गौतमले २५ वर्षपछि फेरि एमाले छाड्दा ओलीलाई लाग्यो झड्का

    गौतमले २५ वर्षपछि फेरि एमाले छाड्दा ओलीलाई लाग्यो झड्का

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को गर्दै झड्का लागिरहेको छ । माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेसँगै अधिकांश नेता तथा कार्यकर्ता नेपालतिर लागेपछि ओली समस्यामा परेका छन् । नेपालप्रति लक्षित गर्दै बुढो पात झरेर रुखलाई केही असर गर्दै भन्ने ओली यतिबेला कतै आफै बुढो पात त भएका छैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।

    नेपालको पार्टीमा अहिले सांसदकै संख्या ५० भन्दा माथि छ भने तल्लो तहका अधिकांश कार्यकर्ताहरु पनि आफूतिरै रहेको नेपाल पक्षको दावी छ । कतिपय संसद पद जाने भएका कारण पछिल्लो समय नेपालतिर जान नसकेका समाचार आइरहेका छन् ।



    यस्तो बेला उपाध्यक्ष वामदेव गौतमले पार्टीमा नबस्ने निर्णय गरेपछि ओली एकपछि अर्को समस्यामा परेका हुन् । यसअघि नै एमाले छाड्ने निर्णग गरिसकेका गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका हुन्।



    नेता गौतमले केन्द्रीय कार्यालय पुगेर पार्टी सचिव शेरबहादुर तामाङको हातमा राजीनामा पत्र थमाएका हुन्। नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए।

    उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए। एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए।

    तर, एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) छाडेको भन्दै उनले पार्टी प्रवेशमा आनाकानी गरिरहेका छन्।गौतमले एमालेबाट राजिनामा दिए पनि अब के गर्ने भन्ने बताएका छैनन्। २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन्। उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन्।

    गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन्। गौतमले एकीकृत एसले जबजलाई अँगालेर अघि बढेमा आफू पार्टी प्रवेश गर्ने सर्त राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार