Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यस्तो छ एमसीसी पास हुँदा पनि गठबन्धन नभत्किने सत्तारुढको ‘नयाँ रणनीति’

    यस्तो छ एमसीसी पास हुँदा पनि गठबन्धन नभत्किने सत्तारुढको ‘नयाँ रणनीति’

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता साझेधार नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउन नयाँ सहमति गरेको खुलासा भएको छ।

    सहमति अनुसार पछिल्लो समय एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था देखिएपछि माओवादी र समाजवादी दुवैले विपक्षमा मत नदिने र संसद बैठक समेत बहिस्कार गर्ने गरि नयाँ सहमति गरिएको खुलासा भएको हो।



    उच्चस्तरिय स्रोतका अनुसार उनीहरुको यो नयाँ सहमतिले गठबन्धन पनि जोगिने र एमसीसी पनि अनुमोदन हुने बाटो खुल्ने देखिएको छ । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेको स्रोत बताउँछ ।



    अब आइतबार दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेस गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्नेछन् ।  अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा आफूहरुले बहिष्कार गरेर सहयोग गर्नुपरेको माओवादीका एक नेताले अनलाइन नेपालसँग बताए।

    यसअघि शुक्रबार बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको थियो । गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने भनेको मतदानमा सहभागी नहुने भनिएको स्रोतको दाबी छ।

    अब आइतबार माओवादी र एकीकृत समाजवादीले एमसीसीकोविरुद्धमा भाषण गरेर संसद बहिष्कार गर्ने छन्’ ती नेताले भने, ‘कांग्रेस, जसपा र लोसपाले पक्षमा मतदान गर्नेछन्, एमालेले वेल घेर्छ, त्यसो हुँदा आगामी बैठकमा एमसीसी पास हुन्छ, गठबन्धन जोगिन्छ ।’

    प्रतिनिधिसभाको बैठक आगामी आइतबार १दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । पछिल्लो समय एकीकृत समाजवादी र माओवादी केन्द्रमाथि सरकारमा बसेर सरकारी निर्णयकै विपक्षमा उभिएको भन्दै निकै आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार