Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतपत्र नच्याती चितवनबाट चुनाव जितेर देखाउन प्रचण्डलाई बादलको चुनौती

    मतपत्र नच्याती चितवनबाट चुनाव जितेर देखाउन प्रचण्डलाई बादलको चुनौती

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतपत्र नच्याती चितवनमा चुनाव जितेर देखाउन चुनौती दिएका छन्।

    ओली समूहले चितवनमा शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका थापाले भने–‘अवसरवादी र फुटवादीहरुले एउटा घोषणा गरेका छन्। प्रतिनिधिसभाको बैठक राखेर प्रधानमन्त्रीलाई निष्काशन गर्ने घोषणा गरेका छन् ।



    उनीहरुले पार्टी अध्यक्ष (ओली) लाई कथित केन्द्रीय समितिको बैठक राखेर निकालेको भनेका छन्। उनीहरु यो देशमा अस्थिरता सिर्जना गरेर उनीहरु प्रतिगमनलाई पुनस्स्थापना गर्न चाहन्छन्।’



    अबको निर्वाचनले प्रधानमन्त्री हुने अवसर प्रदान गर्ने भन्दै भने–‘आउनुस्, फेरि पार्टीमा फर्किनुस्, निर्वाचन जित्नुस्। मतपत्र च्यात्न आवश्यक छैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार