Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड–नेपाल समूहको आमहड्तालविरुद्ध ओली समूहले निकाल्यो प्रतिकार जुलुस

    प्रचण्ड–नेपाल समूहको आमहड्तालविरुद्ध ओली समूहले निकाल्यो प्रतिकार जुलुस

    अनलाइन नेपाल
  • बिहिबार, २२ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकैबीच ओली समूहले जुलुस निकालेको हो ।

    नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित शुक्रबार आयोजित कार्यक्रमस्थलसम्म निकालिएको हो ।



    शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपासका साथै नाराजुलुस गरेका हुन् । उनीहरुले आज होईन भोलिलाई–१० वर्ष ओलीलाई, अघि बढ केपी बा–साथ दिन तयार छौं, केपी ओली आईलभ यू लगायतका नारा लगाएका थिए ।



    सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार