Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली समूहद्धारा देशकै ठूलो पर्यटकीय र व्यापारिक केन्द्र ठप्प

    ओली समूहद्धारा देशकै ठूलो पर्यटकीय र व्यापारिक केन्द्र ठप्प

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। नेकपा प्रचण्ड–माधव समूहलाई काउन्टर दिँदै शक्ति प्रदर्शन गर्न लागेको नेकपा केपी ओली समूहले शुक्रबार नारायणहिटी दरबार अगाडि गर्न लागेको जनप्रदर्शन र सभाका कारण देशकै ठूलो पर्यटकीय र व्यापारिक केन्द्र दरबारमार्ग ठप्प भएको छ ।

    ओली समूहले आज काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्न लागेको छ ।



    आयोजक बागमती प्रदेश कमिटीका अनुसार नारायणहिटीको वारपार क्षेत्रमा जनसभा गर्ने गरी प्रदर्शनमा दुई लाख मान्छे उतार्ने तयारी गरिएको छ भने प्रहरी संरक्षणमा तीन हजार स्वयंसेवक परिचालन हुने वताइएको छ  ।



    ओली पक्षले सार्वजनिक गरेको रुटअनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनलगायत पेसागत संगठनहरूको जुलुस निस्कनेछ । त्यस्तै, महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घन्टाघरबाट मुस्लिम समुदाय तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको जुलुस सुरु हुनेछ ।

    त्यस्तै, त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघर मण्डला क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस सुरु हुने छ।

    पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि रुट तोकिएको छ ।

    टेकुबाट काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको नेकपा केपी ओली समूहले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार