Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • प्रचण्डलाई चिडियाखानामा थुन्ने गृहमन्त्री बादलको चेतावनी

    प्रचण्डलाई चिडियाखानामा थुन्ने गृहमन्त्री बादलको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले नेकपाबाट टुक्रिएको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई जाउलाखेलको चिडियाखानामा लगेर बन्द गरिने बताएका छन् ।

    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका थापाले मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको जू मा लगेर बन्द गरिने बताएका हुन् ।



    उनले भने–‘अहिले केही व्यक्तिले मांशाहारी आन्दोलन गर्ने भनेका छन् । म ती व्यक्तिलाई भन्न चाहन्छु, हाम्रो संविधान र कानुनले त्यस्ता आन्दोलनलाई बन्देज लगाएको छ । त्यस्ता मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको जू मा लगेर बन्द गरिनेछ ।’



    केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको आन्दोलन मांशाहारी हुन्छ भनेका थिए ।

    दाहालको उक्त भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले यस्तो धारणा राखेका हुन् ।

    कुनै बेला एउटै पार्टी (माओवादी) मा रहेर गृहयुद्धको नेतृत्व गरेका थापाले नै आज आफ्नै पूर्व नेतृत्वलाई थुन्ने सम्मको चेतावनी दिएका हुन् ।

    सम्बोधनका क्रममा उनले भने–‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार