Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डलाई ओलीको प्रश्न : गरिव ट्याक्सी चालकलाई जलाउन खोज्ने तपाईं कसरी सर्वहरा पार्टी ?

    प्रचण्डलाई ओलीको प्रश्न : गरिव ट्याक्सी चालकलाई जलाउन खोज्ने तपाईं कसरी सर्वहरा पार्टी ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेर खाने गरिव र सर्वहारा जनतालाई सास्ती दिने पार्टी कसरी सर्वहरा पार्टी हुन्छ भन्दै प्रचण्ड नेपाल समूहलाई प्रश्न गरेका छन् ।

    अब नेपालमा कुनै पनि हिंसा हुन नदिने भन्दै अध्यक्ष ओलीले भने–‘शाकाहारी आन्दोलन होइन भनेको के हो ? नरभंक्षी आन्दोन गर्ने दिन गए । मुलुक शान्तितर्फ गइसकेको छ ।’



    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दैनिक उपभोग्य सामान सडकमा फालेर जनतालाई सास्ती दिने समूहले देशलाई कसरी चलाउन सक्छ भन्दै प्रश्न गरे ।



    प्रचण्ड नेपाल पक्षले हिजो आयोजना गरेको नेपाल बन्दको दिन सवारी साधनहरु जलाउनेदेखि दैनिक उपभोग्य सामान बोकेका गाडिहरुलाई समेत ठाउँ–ठाउमा रोकेर दुःख दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार