Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • भारतपछि चीनबाट ५ लाख डोज कोरोना भ्याक्सिन आउँदै

    भारतपछि चीनबाट ५ लाख डोज कोरोना भ्याक्सिन आउँदै

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने भएको छ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेश मन्त्री वाङ यी बीच भएको टेलिफोन संवादका क्रममा चीनले यो प्रतिवद्धता जनाएको हो।



    कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए।



    यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो।

    यद्यपी अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन।

    यसअघि भारत सरकारले दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपालमा अहिले लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार