Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • प्रदेश १ सभा बैठक

    मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेर बैठक स्थगित हुने

    मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेर बैठक स्थगित हुने

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस हुने भएको छ । चार घण्टाबढी चलेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।

    १८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा केपी शर्मा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–नेपाल समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्नुपर्ने अडानमा थियो ।



    अन्ततः ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने भएको छ । त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ ।



    ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ । तर, यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार