Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेससँग सहकार्यका लागि संवाद गर्न ओलीलाई पूर्वमुख्यमन्त्री राईको सुझाव

    कांग्रेससँग सहकार्यका लागि संवाद गर्न ओलीलाई पूर्वमुख्यमन्त्री राईको सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 720
    SHARES

    काठमाडौं । एमालेका नेता शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् ।

    शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गरेका हुन् ।



    ‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।



    उनी भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार