Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेशको नामलाई लिएर मुख्यमन्त्रीले जनता भिडाउन खोजे : शेरधन राई

    प्रदेशको नामलाई लिएर मुख्यमन्त्रीले जनता भिडाउन खोजे : शेरधन राई

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1K
    SHARES

    संखुवासभा । मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पूरा नगर्दा प्रदेश १ को नामकरण हुन नसकेको पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शेरधन राईले बताएका छन्।

    सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले अहिलेको सरकारको रवैयाका कारण प्रदेशको नामाकरण हुन नसकेको बताएका हुन्।



    मुख्यमन्त्री आफैँले जनता भिडाउन खोजेको उनले बताए। प्रदेश सरकारले सहजीकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको उनको भनाइ छ।



    नामाकरणको लागि एमाले एकढिक्का भएकोसमेत राईले दाबी गरे। प्रदेशको नामाकरणका लागि नेपाली कांग्रेसले समेत खुट्टा कमाएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार