Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे गाडी

    प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे गाडी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.3K
    SHARES

    विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालय फिर्ता गरेका छन् ।
    आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिस सत्यालका अनुसार राईले प्रयोग गरेको गाडी आज मन्त्रालय आइपुगेको हो ।

    को १ झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो ।



    राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए । प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् ।



    तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए ।

    गाडी फिर्ता गर्न पटक पटक मन्त्रालयले ताकेता गरे पनि उनले अनाकानी गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार