Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओली भन्छन् – संसद पुनर्स्थापना भए सांसद किनबेचको फोहोरी खेल शुरु हुन्छ

    प्रधानमन्त्री ओली भन्छन् – संसद पुनर्स्थापना भए सांसद किनबेचको फोहोरी खेल शुरु हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    मोरङ। प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचन्ड- माधव समूहले भुमीहिन, महिला, जनजाती र सुकुम्बासीहरुको बिरुद्द नेपाल बन्द गरेको आरोप लगाएका छन्।

    नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँहरु (प्रचन्ड- माधव समूह)ले नेकपा फुटाउने अभियानमा लागेको आरोप लगाए।



    ओलीले आफूहरुको लामो र कठिन संघर्षको परिणमस्वरुप देशले संविधान पाएको बताए।



    ओलीले पूर्व कानुनमन्त्री  तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राईलाई करकापले उहाँहरुले लगे पनि अहिले उक्त समूह छोडेर मुलधारमा फर्किएको दाबी गरे।

    ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई  सरकारबिरोधी झगडियाको आरोप लगाए।

    सभामुखले कीर्ते काम गरेको ओलीले आरोप लगाए । लोकतन्त्रमा प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउने भन्दै उनले आफु निर्बिबाद भएको दाबी गरे।

    प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएको खण्डमा सांसद किनबेच हुने र त्यस्तो फोहोरी खेलले देश पुन: अस्थिरतातर्फ फर्कने दाबी गरे।

    त्यस्तो फोहोरी खेललाई समाप्त पार्न पनि नयाँ जनादेशमा जानुपर्ने उनले तर्क दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार