Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • ओलीले भने- सभामुख सरकारबिरोधी झगडिया हुन, कीर्ते काम गरे

    ओलीले भने- सभामुख सरकारबिरोधी झगडिया हुन, कीर्ते काम गरे

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    मोरङ। प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकारबिरोधी झगडियाको आरोप लगाएका छन्। सभामुखले कीर्ते काम गरेको समेतओलीले आरोप लगाए । लोकतन्त्रमा प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउने भन्दै उनले आफु निर्बिबाद भएको दाबी गरे।

    प्रचन्ड- माधव समूहले भुमीहिन, महिला, जनजाती र सुकुम्बासीहरुको बिरुद्द नेपाल बन्द गरेको आरोप लगाएका छन्।



    नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँहरु (प्रचन्ड- माधव समूह)ले नेकपा फुटाउने अभियानमा लागेको आरोप लगाए।



    ओलीले आफूहरुको लामो र कठिन संघर्षको परिणमस्वरुप देशले संविधान पाएको बताए।

    ओलीले पूर्व कानुनमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राईलाई करकापले उहाँहरुले लगे पनि अहिले उक्त समूह छोडेर मुलधारमा फर्किएको दाबी गरे।

    प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएको खण्डमा सांसद किनबेच हुने र त्यस्तो फोहोरी खेलले देश पुन: अस्थिरतातर्फ फर्कने दाबी गरे।

    त्यस्तो फोहोरी खेललाई समाप्त पार्न पनि नयाँ जनादेशमा जानुपर्ने उनले तर्क दिए। प्रधानमन्त्री  ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार