Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बोटलर्स नेपालद्वारा ४ अर्ब भन्दा बढी पुँजीगत लाभकर छली

    बोटलर्स नेपालद्वारा ४ अर्ब भन्दा बढी पुँजीगत लाभकर छली

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौंन ।  बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले नेपालमा ४ अर्ब भन्दा बढी पुँजीगत लाभकर छली गरेको पाइएको छ।

    बोटलर्स नेपालले सेयर खरिद–बिक्री गर्न्ने क्रममा  राजस्व अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। छानबिनको क्रममा बोटलर्सले सेयर स्वामित्व बिक्री भएको स्वीकार गरेको छ ।



    बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टा जस्ता हल्का पेय पदार्थ उत्पादन गर्ने अमेरिकी कम्पनी हो। सब्को एसिया कम्पनीमार्फत साउथ अफ्रिकन गुत्से परिवारले बोटलर्स नेपालमा लगानी गरेको थियो।



    २०७१ सालमा कोकाकोला साउथ वेस्टलाई सेयर बिक्री गरेको भए पनि ६ वर्षपछि मात्र नेपालको सरकारी निकायले सूचना पाएर अनुसन्धान अघि बढाएको हो।

    दुबईमा दर्ता भएको कम्पनीमार्फत लगानी भएकाले विदेशमा नै सेयर बिक्री गर्दा एनसेलकै शैलीमा बोटलर्स नेपालले नेपालको सरकारी निकायलाई जानकारी दिएको थिएन ।

    विदेशमा दर्ता भएको कम्पनी भए पनि नेपालको कम्पनीमा गरिएको लगानीको स्वामित्व परिवर्तन गर्दा नाफाको २५ प्रतिशत पुँजीगत लाभकर तिनुपर्ने कानुनी व्यवस्था भए पनि बोटलर्स नेपालराज्यका निकायको आँखा छल्दै आएको छ ।

    त्यस्तै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता रहेको बोटलर्स नेपालले  सेयर स्वामित्व परिवर्तन हुँदा  कार्यालयलाई कुनै जानकारी नदिएको पनि खुलेको छ । बोटलर्स नेपालको गैरकानुनी धन्दा खुलेपछि नेपाल राष्ट्र बैंकले  लाभांश लैजान रोक लगाएको छ।

    बोटलर्स नेपाल अन्तर्गत बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार