Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आईजीपी क्षेत्रीले भने -निलो वर्दीले कहिलै पनि दिन र रात तथा झरी र ठन्डीको वहाना गर्न मिल्दैन

    आईजीपी क्षेत्रीले भने -निलो वर्दीले कहिलै पनि दिन र रात तथा झरी र ठन्डीको वहाना गर्न मिल्दैन

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    रामेछाप। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निलो वर्दीले कहिलै पनि दिन र रात,झरी र ठन्डीको वहाना गर्न नमिल्ने वताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेक भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्दै आईजीपी क्षेत्रीले भने, ‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन् ।  कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो वर्दीले कहिलै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न मिल्दैन । ‘



    नयाँ भवनलाई आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्वको रुपमा स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए।



    भवनको भौतिक संरचना जमिनमाथि उभिएको देखिन्छ तर यसको वास्तविक जग र आधार नागरिकको हृदय र मस्तिष्कमा बस्ने उल्लेख गर्दै
    आईजीपी क्षेत्रीले नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने ४ जनालाई प्रशंसापत्र समेत प्रदान गरे ।

    कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामाले धन्यवाद ज्ञापन गरेका थिए भने मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र रामेछाप जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ५५ लाख ३३ हजार ६ सय ५ रुपैयाँ ५५ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । कूल ११,१७० वर्ग फिट क्षेत्रफलमा निर्मित ३र३ तले उक्त दुवै भवन फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको छ । उक्त कार्यालय भवनमा ५ वटा हिरासत कक्ष सहित २२ कोठा र ब्यारेक भवनमा ९ वटा कोठा रहेका छन् ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, स्थानीय तहका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

    भवन उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछाप तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार