Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रहरीको भवनमा कमिशन मोह, आईजीपीले लिए डिआईजीसँग स्पष्टिकरण

    प्रहरीको भवनमा कमिशन मोह, आईजीपीले लिए डिआईजीसँग स्पष्टिकरण

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका भौतिक संरचना निर्माणको अनुगमन प्राविधिक निर्देशनालयबाट हुने गरेको छ ।

    प्राविधिक निर्देशनालयले प्रहरीका भवनहरू निर्माण गर्दा गुणस्तरको पाटो हेर्ने गर्दछ । ठेकेदारले निर्माण गरेका भवनहरू गुणस्तरीय छन् कि छैनन् त्यसको रेखदेख र अनुगमनका गर्नका लागि प्राविधिक निर्देशनालयले सातैवटा प्रदेशमा टोली खटाउने गरेको छ ।



    प्राविधिक निर्देशनालयका डीआईजी लोकेश सिंहले प्रदेश अन्तर्गतका भौतिक संरचना निर्माणको अनुगमनका लागि आफ्ना विश्वास पात्रहरूलाई मात्र खटाउने गरेको आरोप छ । उनले प्राविधिक निर्देशनालयका एसपीहरूलाई जिम्मेवारीविहीन राखेर इन्स्पेक्टरलाई प्रदेशको अनुगमनको जिम्मेवारी दिने गरेका छन् ।



    ठेकेदारहरूले निर्माण गरेका प्रहरीका भवनहरू गुणस्तरीय नभएको गुनासो सुनिने गरेको छ । डीआईजी सिंहले यस्तै गुणस्तरहीन भवनहरूको निर्माणको कमिसन बटुल्न एसपी रामकुमार चौधरी, ओभरसियर निरञ्जन सिंह र इन्स्पेक्टर सुमन दाहाल खटाउने गरेको आरोप छ ।

    प्राविधिक निर्देशनालयका तीन एसपीलाई जिम्मेवारीविहीन राखी डीआईजी सिंहले १ नम्बर प्रदेशमा केबिनजंग थापा, प्रदेश २ मा प्रताप महतो, कर्णाली प्रदेशमा अनिल राना र ७ नम्बर प्रदेशमा पनि इन्स्पेक्टरलाई नै इञ्चार्जका रुपमा निर्माण हेर्नका लागि खटाएका छन् ।

    बाग्मती प्रदेशमा भने एसपी ईश्वर थापालाई खटाइएको छ । उपत्यकामा इन्स्पेक्टर रोशन सारुलाई पठाएका छन् ।

    महानगरीय प्रहरी परिसर र अपराध महाशाखाका भवनहरू निर्माण भइरहेका छन् । जसको बजेट मात्रै करिब २ अर्ब छ । त्यसैकारण उपत्यका पनि महत्वपूर्ण मानिन्छ ।  ‘कमिसनको चक्करमा डीआईजी, प्रहरीका भवन निर्मण गुणस्तरहीन’ शीर्षकमा समाचार प्रकाशित भएपछि २०७७ माघ २८ गते आईजीपी शैलेश थापा क्षेत्रीले डीआईजी लोकेशलाई बोलाएर सोधिखोजी गरेका थिए ।

    वरिष्ठ हुँदाहुँदै कनिष्ठलाई पठाएर लाभ लिने गरेको समाचार पढेपछि आईजीपीले उनलाई बोलाएर करेक्सन गर्न निर्देशन दिए । डीआईजी सिंहले २०७७ फागुन मसान्तभित्र वरिष्ठताका आधारमा प्रदेशमा प्राविधिक अधिकृतहरू खटाउने प्रतिबद्धता जनाएको श्रोतले बताएको छ ।

    डीआईजी सिंह ५ वर्षे डीआईजीको पदावधिका कारण ६ महिनामा अवकाश हुँदैछन् । डीआईजी सिंहले एसएसपी हुँदादेखि नै प्राविधिक निर्देशनालयमा हालीमुहाली गर्दै आएका छन् । उनले एसपी रामकुमार चौधरी र निरञ्जन सिंहमार्फत प्रहरीका भौतिक संरचना निर्माणको ठेक्काबाट ‘पीसी’ लिने गरेका छन् ।

    उनले बेसिक तालिम भर्खर लिएका कनिष्ठ इन्स्पेक्टर सुमन दाहाललाई लुम्बिनी प्रदेशमा खटाएबाट पनि उनी कमिशनमा लोभिएको पुष्टि हुन्छ ।

    सुमन दाहालसँग डिल गर्न सिंहले एसपी रामकुमार चौधरीलाई लगाउँदै आएका छन् । प्रहरीको भौतिक संरचना निर्माणको सबैभन्दा बढी बजेट लुम्बिनी प्रदेशमा छ ।

    अवकाश हुने बेलामा कुस्त कमाउने दाऊमा रहेका लोकेश सिंहलाई आईजीपी थापाले बोलाएर सोधीखोजी गरेपछि उनको उद्देश्यमा अलिकति ठेस पुगेको श्रोत बताउछ । साँघु साप्ताहिकमा खबर छ  

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार