Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित

    ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्ने भनिएको आमसभा स्थगित भएको छ ।

    कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय आमसभा स्थगित भएको प्रदेश गुलाबजङ्ग शाहले जानकारी दिएका छन् ।‘हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ, ओली समूहका नेता गुलावजङ्ग शाहले भने, यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो ।



    ‘हिजो जनताको माझ जाने कुरा थियो । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्यक्रम स्थगित गरेका छौं ।



    केपी समूहले कर्णाली प्रदेश स्तरीय कार्यक्रम सामाजिक विकास मन्त्रालय अगाडिको चौरमा आयोजना गर्न लागेको थियो । उक्त स्थानमा मञ्च बनाउनका लागि तयारीसमेत थालिएको थियो ।

    कार्यक्रमलाई केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार