Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बास्तोला मृत्यु प्रकरण : प्रहरीले लापरवाही गरेको छानविन समितिको निष्कर्ष

    बास्तोला मृत्यु प्रकरण : प्रहरीले लापरवाही गरेको छानविन समितिको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    मोरङ । मोरङको उर्लाबारी–५ का प्रविण बाँस्तोला मृत्यु प्रकरणमा छानविन गर्न गठित समितिले छानविन सकेर प्रतिवेदन बुझाएको छ ।

    डिएसपी मानबहादुर राईको नेतृत्वको छानविन् समितिले घटनाको प्रतिवेदन बुझाएको हो ।



    छानविन समितिका संयोजक समेत रहेका मानबहादुर राईले छानविन प्रतिवेदन बुझाएको जानकारी दिएका छन् । मृतकका आफन्तले अनुसन्धानमा प्रश्न उठाएर आन्दोलन गरेपछि गठित समितिले बास्तोलाको मिसिलमा प्रहरीले लापरवाही गरेको निष्कर्ष निकालेको  छ ।



    प्रतिवेदनमा फोटो फरक पर्नुलाई ‘मानविय त्रुटी’ भनिएको छ ।

    मृतक बास्तोलाकी बहिनी सदिक्षाले प्रहरीले तयार गरेको मिसिलमा फरक ब्यक्तिको फोटो राखेको दाबी गरेपछि समितिले छानविन टोली गठन गरेको थियो ।

    ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले सो घटनाको अनुसन्धान गरेका थिए । पुस ४ मा साथीको डेरामा सुतेका प्रविणको राति हत्या भएको थियो । भोलिपल्ट अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार