Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बास्तोला मृत्यु प्रकरणमा प्रहरीकै भूमिका संकास्पद, फरारमध्येका एक पक्राउ

    बास्तोला मृत्यु प्रकरणमा प्रहरीकै भूमिका संकास्पद, फरारमध्येका एक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 4.9K
    SHARES

    मोरङ।  जिल्ला प्रहरी मोरङले उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणका फरार प्रतिवादीमध्येका एक अभियुक्तलाई पक्राउ गरेकोछ  ।

    बास्तोला मृत्‍यु प्रकरणमा उर्लाबारी ६ का रमेश गिरी पक्राउ परेका हुन् । गिरीकै घरमा बास्तोलाको पुस ४ गते राति शव भेटिएको थियो ।



    घटनामा संलग्न  राजेश रणपहेली, सुदीप परियार र दीपेश पौडेल फरार छन् । उनीहरुलाई प्रहरीले नै भगाएको मृतकका आफन्तले आरोप लगाउँदै आएका छन्।



    सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरिएको भन्दै बास्तोलाको परिवार विरोधमा उत्रेपछि प्रहरीले मंगलबार ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

    मोरङका प्रहरी प्रमुख एसपी सन्तोष  खड्काले मातहतका प्रहरी युनिटलाई राम्रोसँग परिचालन गर्न नसक्दा उर्लावारी-५ का प्रवीण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लावारीका निरिक्षक उद्धब पोखरेलसहित ४ आरोपी प्रहरीको अनुसन्धानमा तानिएका थिए ।

    मृतक बास्कोटाको मिसील फाइल देखाउने क्रममा मिसिलमा अर्कैको फोटो भेटिएको भन्दै प्रहरीको आलोचना भएको थियो ।

    प्रहरीले सरकारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पोष्टमार्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा  ‘सामान्य मृत्यु’ भनेर लेखिएपछि प्रहरीको संकास्पद भूमिका बाहिर आएको थियो।

    इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको मिलेमतोमा मिसिलमा मृतकको गलत फोटो समावेश गरेर गम्भिर लापरवाही भएको थियो।

    एसपी खड्काले उक्त घटनालाई सामान्य र प्रहरीको कमजोरी नभएको दाबी गरेपनि डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

    प्रहरीकै लापरवाहीका कारण बास्तोलाको रहस्यमय मृत्युको सत्यतथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार