Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बास्तोला मृत्यु प्रकरणमा घरबेटी पक्राउ

    बास्तोला मृत्यु प्रकरणमा घरबेटी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । रहस्यमय बन्दै गएको उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको मृत्यु प्रकरणमा प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ ।

    घरबेटी उर्लवारीका रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ परेका गिरी बास्तोला मृत्यु भएको समयमा उनकै घरमा साथीहरूसँग सुतेका थिए ।



    गत पुस २२ गते घरबेटी गिरी र होटेल सञ्चालकविरुद्ध उजुरी परेको थियो । उनीहरूलाई प्रहरीले २७ गते पक्राउ गरेपनि सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भनेपछि उनीहरूलाई माघ २ गते छाडिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार आइतबार उनीहरुलाई उर्लावारीबाट नै पक्राउ गरेको र आज  सोमबार अदालतमा उपस्थित गराइने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार