Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रहरीलाई आर्थिक मामिलामा नचुक्न आईजीपी क्षेत्रीको निर्देशन

    प्रहरीलाई आर्थिक मामिलामा नचुक्न आईजीपी क्षेत्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने वताएका छन् ।

    प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै आईजीपी क्षेत्रीले प्रहरी सेवालाई सेवामुखी बनाउन कर्मचारी स्वयं व्यावसायिक प्रहरी बन्नुपर्नेमा जोड दिए।



    आईजीपी क्षेत्रीलेभने , ‘प्रहरी सेवा सबैभन्दा उत्कृष्‍ट सेवा हो, समर्पित बनौं ।’



    सेवाग्राहीप्रति विनम्र हुने तर विनम्रतालाई कमजोरी नठान्ने भावनाको विकास गर्दै प्रहरी सेवा प्रदान गर्ने क्रममा सकारात्मक भूमिका निर्वाह गर्दै हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नुपर्ने उनको भनाइ थियो।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

    यसैगरी आईजीपी  क्षेत्रीले आजै जिल्ला प्रहरी कार्यालय पाल्पामा आयोजित कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

    साथै उनले जिल्ला प्रहरी कार्यालय पाल्पाको निर्माणाधीन भवन तथा कार्यालय परिसर अवलोकन समेत गरे ।

    उक्त अवसरमा आईजीपी  क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने काममा अझै सक्रिय हुन निर्देशन दिँदै आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
    निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक  धानुकको समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार