Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेट

    प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेट

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । शान्ति पूर्ण राजनीतिमा आउन तयार नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।

    सरकारले विप्लव नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा सँगै सार्वजनिक भएका विप्लव आफ्ना नेता-कार्यकर्तालाई सामाखुसीमा भेटेर बालुवाटार पुगेका हुन् ।



    शुक्रबार बिहान नवलपरासी पूर्वको देवचुलीमा सार्वजनिक भएर काठमाडौँ आएका विप्लवले नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल गरेका छन् ।



     

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ ।

    समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार