Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बालुवाटारमा यसरी सार्वजनिक भए विप्लव (फोटो फिचर)

    बालुवाटारमा यसरी सार्वजनिक भए विप्लव (फोटो फिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका छन् ।

    सरकारले भूमिगत भएको विप्लव समूहमाथि लगाएको प्रतिवन्ध हटाएसँगै नेकपाका महासचिव विप्लवले आज प्रधामन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।



    सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएसँगै उक्त समूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।



    दुई वर्षपछि आज विहान पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव विप्लव आज दिउँसो काठमाडौंमा आएका हुन् ।

    विप्लव केही बेरअघि काठमाडौं आइपुगेका हुन् ।

    नवलपरासीबाट आएर सामाखुसी बसेका विप्लवलाई सरकारसँगको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पनि भेटेका छन् ।

    प्रतिवन्ध फुकुवासँगै रिहा भएका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले पार्टी महासचिव विप्लवसँग भेट गरिसकेका छन् ।

    पार्टीका नेताहरुसँगको भेटपछि विप्लव प्रधनमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

    केहीबेरपछि सरकारसँग भएको सहमतिमा हस्ताक्षर गर्दै विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सरकारसँग भएको सम्झौताबारे जानकारी गराउन आयोजना गरिएको एक विशेष कार्यक्रममा सहभागी हुन विप्लव काठमाडौं आएका हुन् ।

    आज सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गर्न छन्।

    सहमति र प्रतिवन्ध फुकुवासँगै नेकपा महासचिव विप्लव दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने लागेका हुन्।

    एकीकृत जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि जनसंघर्ष सुरु गरेको बताउने विप्लव २०७४ सालदेखि खुलारुपमा देखिएका थिएनन्।

    सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ साल फागुन २८ देखि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रुपमा भूमिगत भएका थिए।

    कुनै बेला प्रचण्डका विश्‍वासपात्र विप्लवको शान्ति प्रक्रियापछि प्रचण्डसँग सम्बन्ध विग्रिएको थियो ।

    प्रचण्ड राजनीतिमा आए पनि विप्लव भने फेरि पनि जनयुद्ध आवश्यक भएको भन्दै जंगल फर्किएका थिए । तिनै विप्लव अहिले ओलीसँग प्रचण्ड छुट्टिएपछि ओलीलाई साथ दिन आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार