Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर

    सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ। सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर भएको छ  ।

    शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवसमूह वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।



    सरकार र विप्लव समूहको वार्ता टोलीबीच  हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएसँगै शुक्रबार सहमतिमा हस्ताक्षर भएको हो ।



    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द एउटै मञ्चमा देखिएका छन् ।

    सहमति र प्रतिवन्ध फुकुवासँगै नेकपा महासचिव विप्लव दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार