Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति

    सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ। सरकार र नेकपा विप्लव  समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ  ।

    शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवसमूह वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।



    सहमति पत्र यस्तो छ :



    १, दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

    २, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

    ३, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

    हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत  अन्य मन्त्रीहरुको उपस्थित रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार