Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तीनबुँदे सहमतिको पालना गर्ने विप्लवको प्रतिबद्धता

    तीनबुँदे सहमतिको पालना गर्ने विप्लवको प्रतिबद्धता

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरुले प्रतिबद्ध जनाउने बताएका छन् ।

    शुक्रबार हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले भनेका छन्, तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका गर्न्र जरुरी छैन।



    उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए।



    उनले एउटा देउडा गीतलाई उर्द्धत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए । सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको उनले बताए ।

    विप्लवले शहिदको सपना मर्न नदिने भन्दै उल्लेख गरे । विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार