Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संसदको सातौं अधिवेशन आजबाट, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ताको सम्भावना

    संसदको सातौं अधिवेशन आजबाट, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ताको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि शुुरु हुुँदैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।



    तर, सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो ।



    सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन आज चार बजेका लागि बोलाइएको छ ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेका छन् ।

    यस्तो अवस्थामा बस्न लागेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन अविस्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा प्रचण्ड–माधव समूह रहेको छ ।

    तर, प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार