Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चको फैसलाबारे प्रचण्ड–माधव समूहले ११ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

    सर्वोच्चको फैसलाबारे प्रचण्ड–माधव समूहले ११ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि टुक्रिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झन समस्यामा परेको छ ।

    एउटै पार्टी हुँदा पनि मिल्न नसकेको अवस्थामा सार्वोच्चले पार्टी नै आधिकारिकता नभएको फैसला गरेपछि उनीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै बनेका छन् ।



    एमाले र माओवादी केन्द्र एक भएपछि निर्वाचन आयोगमा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्कै व्यक्तिका नाममा दर्ता भइसकेका छन् ।



    यस्तो अवस्थामा भावी रणनीतिबारे छलफल गर्न प्रचण्ड–माधव समूहले आज ११ बजेका लागि बैठक बोलाएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमवार बिहान ११ बजे बस्नेछ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार साँझ कानुन व्यवसायीहरुसँग परामर्शपछि पार्टीको स्थायी कमिटी बैठक बसेर सर्वोच्चको फैसलाबारे आवश्यक निर्णय गर्ने बताएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार